चर्चित फुटबलर हरि खड्का नक्कली प्रमाणपत्र मुद्दामा दोषी ठहर, के होला सजाय ?

समाचार

काठमाडौं । नेपालका चर्चित फुटबलर हरि खड्का नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । उनीविरुद्ध यो मुद्दाको सुनुवाई बिहीबार विशेष अदालतमा भएको थियो । विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले खड्काले नेपाल प्रहरी बढुवा प्रयोजनका लागि पेश गरेको प्रमाणपत्र नक्कली भएको ठहर गरेको हो ।

केही समयअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो आरोप लगाउँदै खड्काविरुद्ध मुद्दा दायर गरेको थियो । तर, खड्काले आफूले पढेरै सर्टिफिकेट पाएको दाबी गर्दै आएका थिए । खड्काले माध्यमिक शिक्षा परिषद्, बाराणसीबाट जारी भएको प्रविणता प्रमाणपत्र तह (आईए) को प्रमाणपत्र पेश गरेर १ कात्तिक २०५५ मा प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिएका थिए ।

खड्का १४ पुस २०५९ मा प्रहरी नायब निरीक्षकमा बढुवा भएका थिए । खड्काले सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लबबाट फुटबल खेलेका थिए । त्यसपश्चात ६ वर्षसम्म पुलिस टिममा व्यवस्थापकीय जिम्मेवारी सम्हालेका उनले प्रमाणपत्रको विवाद आएपछि राजीनामा दिएका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0