नक्कली प्रमाणपत्र मुद्दामा दोषी ठहर फुटबलर हरि खड्कालाई ५ हजार जरिवाना

समाचार

काठमाडौं : नेपाली महिला फुटबल टिमका पूर्वकप्तान हरि खड्कालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै पाँच हजार जरिवाना हुने फैसला सुनाइएको छ। नक्कली शैक्षिक प्रमाण-पत्र लिएर प्रहरी सहायक निरीक्षक (असई) मा नियुक्त भएर जागिर खाएको आरोपमा खड्काविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। सोही मुद्दामा खड्कालाई विशेष अदालतले दोषी ठहर गरेको हो।

हरि खड्काले नक्कली प्रमाणपत्रका आधारमा जागिर खाएको स्वीकार गरेपछि अदालतले उनलाई पाँच हजार जरिवाना सुनाएको छ । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको थियो । खड्का २०५९ साल पुस १४ गते प्रहरी नायब निरीक्षक पदमा बढुवा भएका थिए। खड्का हाल भने सेवा निवृत्त भइसकेका छन्। उनी नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तानसमेत हुन् ।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
1
+1
0