मेसिले छोडेपछि जित्न बिर्सिएको खराब प्रदर्शन जारी, नेपोलीलाई समेत हराउँन सकेन

फुटबल

काठमाडौं : बार्सिलोना र नेपोलीले १–१ गोलको बराबरी खेलेका छ। युइएफए युरोपा लिगको अन्तिम ३२ को पहिलो लेगमा बार्सिलोनाले पछि परेको स्थिति उल्ट्याउँलै इटालियन क्लब नेपोलीसँग बराबरी खेलेको हो।

नोउक्याम्पमा बिहीबार राति सम्पन्न खेलमा नेपोलीका पिओटर जिलेन्स्कीले गोल गर्दा बार्सिलोनाका लागि फेरान टोरेसले बराबरी गोल फर्काएका थिए। खेलको २९औं मिनेटमा जिलेन्स्कीले गोल गर्दै नेपोलीलाई सुरूआती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता लिएको नेपोलीले दोस्रो हाफमा उक्त अग्रता जोगाउन सकेन।

खेलको ५९औं मिनेटमा फेरान टोरेसले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बरारीमा ल्याए। घरेलु मैदानमा बार्सिलोनाले पाहुना टोलीलाई दवावमा राखे पनि थप गोल गर्न नसक्दा खेल बराबरीमा सकियो। यो बराबरीसँगै दोस्रो लेगमा यही नतिजा कायम रहे नेपोली अवे गोलको आधारमा प्रि–क्वाटरफाइनलमा प्रवेश गर्नेछ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0