टी-२० विश्वकप छनोटमा घरेलु टोली ओमानसँग खेल्दै नेपाल, यसरी हेर्नुस लाईभ

क्रिकेट

काठमाडौं । आइईसीसी टि-२० विश्कप अन्तर्गत ग्लोबल छनोट खेलमा आजदेखि सुरु हुँदैछ । समूह बी अन्तर्गत आज नेपालले पहिलो खेल घरेलु टोली ओमानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार माध्यान्न ११ः ४५ मा हुने छ ।

दोस्रो पटक आईसीसी टि-२० विश्वकप खेल्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रिने छ । ग्लोबल क्वालिफायरबाट शीर्ष दुईभित्र परेर नेपाल आउँदो अक्टोबरमा अष्ट्रेलियामा हुने टि-२० विश्वकमा स्थान बनाउने लक्ष्यमा रहेको छ । नेपाल, ओमानम, क्यानडा र फिलिपिन्स समूहमा बीमा रहेका छन् भने आयरल्यान्ड, युएई, बहराइन र जमर्नी समूह ए मा छन् ।

हरेक समूह शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । ८ देशबीच हुने प्रतिस्पर्धाबाट फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि-२० विश्वकप खेल्न पाउने छन् । यसअघि चारदेशीय सिरिज खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।

कहाँ हेर्ने लाईभ ? खेलको प्रत्यक्ष प्रशारण नेपालमा हिमालय टिभीले गर्नेछ। विदेशमा हुनेले फ्यानकोड ( Fancode ) एप तथा आईसीसी टिभी ( ICC.tv ) मार्फत प्रत्यक्ष प्रशारण हेर्न सक्नेछन्। युट्युब लाईभ बारे हालसम्म जानकारी प्राप्त भएको छैन।

नेपाली टिम : सन्दीप लामिछाने (कप्तान), शरद भेषवाकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, मोहमद आसिफ शेख, मोमहद आरिफ शेख, अभिनास बोहरा, जितेन्द्रकुमार मुखिया, कमलसिंह ऐरी, विवेककुमार यादव, लोकेशबहादुर बम, सागर ढकाल, गुल्शनकुमार झा

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0