ओमानविरुद्ध टस हारेपछि नेपाल ब्याटिङ गर्दै, यस्तो छ नेपालको प्लेइङ ११

क्रिकेट

काठमाडौं : आईसीसी पुरुष टी२० विश्वकप क्रिकेटको ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा टस हारेपछि नेपालले पहिला ब्याटिङ गर्ने भएको छ। समुह ‘ए’ को पहिलो खेलमा नेपाल र आयोजक ओमानले प्रतिश्पर्धा गर्न लागेका हुन्। खेल नेपाली समयअनुसार अहिले ११ः४५ मा सुरु हुनेछ।

नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेले स्पिनर सागर ढकाल, तीव्र गतिका बलर गुलशन झा र शरद भेषावकरलाई बेन्चमा राखेका छन्। ओपनिङमा आसिफ शेख र कुशल भुर्तेललाई निरन्तरता दिइएको छ। यस्तै, मध्यक्रममा दीपेन्द्रसिंह ऐरी र ज्ञानेन्द्र मल्ल हुनेछन्।

नेपालले पाँच ब्याटर, चार बलर र दुई जना अलराउन्डर खेलाएको छ। स्पिनरमा सन्दीप लामिछानेलाई मात्र प्रमुख बलरको रुपमा खेलाएको छ। उनलाई दीपेन्द्रले पार्टटाइम बलरको रुपमा साथ दिनेछन्। नेपालका तीन प्रमुख तीव्र गतिका बलर कमलसिंह ऐरी, जितेन्द्र मुखिया र अभिनाश बोहरा मैदान उतारिएको छ।

नेपालको प्लेइङ ११ : सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, जितेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव र लोकेश बम।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0