राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विशाल राईले गरे रविना गुरुङसँग विवाह

समाचार

काठमाडौं । राष्ट्रिय फुटबल टोली तथा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका मिडफिल्डर विशाल राई शुक्रबार रविना गुरुङसँग वैवाहिक बन्धनमा बाँधिएका छन् । झापा अर्जुनधारा ११ का विशाल र इलाम सन्दकपुर ४ मावोकी रविना करिब दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

लिग अन्तर्गत बुधबारको खेलमा सातदोबाटो युथ क्लबमाथि १-० को जित निकाल्दै मछिन्द्र उपाधि रक्षा गरेको थियो । त्यति बेला विशाल भने विवाहको तयारीका लागि झापामा थिए । विशाल लगातार चौथो पटक लिग विजेता बन्ने खेलाडी बनेका छन् । मछिन्द्रबाट लगातार दुई पटक लिग जित्नुअघि उनले मनाङ मर्स्याङ्दी क्लबबाट पनि लगातार दुई उपाधि जितेका थिए ।

विशालसँगै सुजल श्रेष्ठ र गोलरक्षक विशाल श्रेष्ठ पनि लगातार चौथो पटक लिग उपाधि जित्ने खेलाडी बनेका छन् । सन् २०१४ देखि नेपाली सिनियर टोलीका लागि खेल्दै आएका विशालको नाममा तीन अन्तर्राष्ट्रिय गोल छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0