कतार एयरवेजको विशेष विमानमा जेठ ११ गते नेपाली टिम इराक जाने

समाचार

काठमाडौं, जेठ ५ : इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टाेली जेठ ११ गते कतार एयरवेजको विशेष विमानमार्फत् त्यसतर्फ प्रस्थान गरेका छन्। कोरोना महामारीको दोस्रो भेरियन्टले गर्दा अहिले अन्तर्राष्ट्रिय उडानहरु बन्द भएपनि एन्फाले विशेष फ्लाइटको व्यवस्था गरेकाे हाे।

अखिल नेपाल फुटल संघ(एन्फा) ले बुधबार एक सूचना जारी गर्दै नेपाली टोली मे २५ मा इराक प्रस्थान गर्ने अनि जुन १२ मा स्वदेश फर्कने बताएको छ । नेपालले आगामी जेठ १५ मा सन् २००७ को एएफसी एसियन कप च्याम्पियन इराकसँग मैत्रीपूर्ण खेल खेल्दैछ। खेल इराकको बश्रा रंगशालामा हुनेछ।

नेपालका नवनियुक्त प्रशिक्षक अबदुल्लाह अलमुताइरीले मंगलबार इराकविरुद्धको मैत्रीपूर्ण खेल र विश्वकप तथा एसियन कपको संयुक्त छनोटका लागि ३२ खेलाडीको प्रारम्भिक सूचीबाट २३ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेका छन् ।

नेपालले इराकसँगको मैत्रिपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेल्नेछ। छनोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ।

कुवेतमा हुने छनोटको बाँकी खेलअन्तर्गत नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ। यसअघि ५ खेल खेल्दा नेपालले एक खेल मात्र जितेको थियो।

नेपाली टिम

गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की ।
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास ।
मिडफिल्डर : विशाल राई, मनीष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरजजिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान ।
फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *