नेइमार पेनाल्टीमा गोल गर्न चुकेको खेलमा पीएसजी स्तब्ध

फुटबल

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेनले जारी लिग वानमा दोस्रो हार बेहोरेको छ । शनिबार राति भएको खेलमा भ्रमणकारी टोली पीएसजी एफसी नान्टेससँग ३-१ अन्तरले पराजित भएको छ ।

घरेलु मैदानमा नान्टेसले स्टार खेलाडी नेयमार, केलीयन एम्बाप्पे र लियोनल मेस्सीलाई रोक्दै जित सहित पाचौं स्थानमा उक्लिएको हो । उसको जितमा रन्डाल कोलो मुअनी कुइन्टिन मार्लीन र लुडोभिक ब्लासले एक एक गोल गरे । पीएसजीका नेयमारले सान्त्वना गोल फर्काए ।

५९ औं मिनेटमा नेयमारले पेनाल्टी सदुपयोग गर्न नसक्दा पीएसजी थप दबाबमा परेको थियो । हारपछि २५ खेलबाट ५९ अंक बनाएको पीएसजी शीर्ष स्थानमा कायम छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
1
+1
0
+1
0
+1
0