टी-२० विश्वकप छनोटमा क्यानडासँग भिड्दै नेपाल, यसरी हेर्नुस लाईभ

क्रिकेट

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को तेस्रो खेलमा नेपालले आज साेमबार क्यानडाको सामना गर्दैछ । खेल अल अमेरात क्रिकेट मैदानमा दिउँसो ३ः४५ बजे सुरु हुनेछ । छनोटको समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै छनोटमा लगातार तेस्रो जित निकाल्न चाहन्छ । नेपालले यस अघि ओमानलाई ३९ रन र फिलिपिन्सलाई १ सय ३६ रनले हराएकोथियो ।

नेपालले २ खेलमा ४ अंक जोडेकोछ । नेपाल शीर्ष स्थानमा रहेकोछ ।२ खेलमा २ अंक जोडेको क्यानडा दोस्रो स्थानमा रहेकोछ। क्यानाडामाथि जित हात पारे नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्नेछ । तर, नेपाल क्यानाडासँग पराजित भए साथै ओमानले फिलिपिन्समाथि जित निकाले नेट रनरेटको ठूलो भूमिका हुनेछ ।

अर्कोतर्फ ओमान फिलिपिन्सविरुद्ध पराजित भए तथा नेपालले क्यानाडालाई पराजित गरे नेपाल सेमिफाइनलमा प्रवेश गर्दा क्यानाडा, ओमान र फिलिपिन्सको सेमिफाइनल सम्भावना नेट रनरेटले निर्धारण गर्नेछ ।त्यस्तै,समूह चरणको खेलपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

त्यस्तै, फाइनल प्रवेश गर्ने दुबै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।

कहाँ हेर्ने लाईभ ? खेलको प्रत्यक्ष प्रशारण नेपालमा हिमालय टिभीले गर्नेछ। विदेशमा हुनेले फ्यानकोड ( Fancode ) एप तथा आईसीसी टिभी ( ICC.tv ) मार्फत प्रत्यक्ष प्रशारण हेर्न सक्नेछन्। युट्युब लाईभ बारे हालसम्म जानकारी प्राप्त भएको छैन।

नेपाली टिम : सन्दीप लामिछाने (कप्तान), शरद भेषवाकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, मोहमद आसिफ शेख, मोमहद आरिफ शेख, अभिनास बोहरा, जितेन्द्रकुमार मुखिया, कमलसिंह ऐरी, विवेककुमार यादव, लोकेशबहादुर बम, सागर ढकाल, गुल्शनकुमार झा

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0