एटलान्टालाई पराजित गर्दै युभेन्टसले जित्यो कोपा इटालियाको उपाधि

फुटबल

काठमाडौं, जेठ ६ : यस वर्षको इटालीयन कप फुटबल अर्थात कोपा इटालीयाको उपाधि युभेन्टसले जितेको छ । बुधबार राति भएको फाइनल भिडन्तमा एटलान्टालाई २-१ गोलले पराजित गर्दै युभेन्ट्सले उपाधि जितेको हो।

खेलमा अग्रता युभेन्ट्सले ३१ औं मिनेटमा देजान कुलुसेवस्कीको गोलमा लिएको थियो । रुस्लान मालिनोवस्कीले ४१ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको ७३ औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै युभेन्ट्सलाई उपाधि दिलाएका हुन् ।

युभेन्टस कोपा इटालियाको सर्वाधिक सफल टोली हो । यस सिजनसहित युभेन्टसले १४औँ पटक यो उपाधि हात पारेको छ । युभेन्टसपछि सबैभन्दा धेरै रोमाले ९ पटक यो उपाधि जितेको छ । गतसिजन भने नापोलीले उपाधि हात पारेको थियो ।

फाइनल खेलमा ४३ सय दर्शकलाई रंगशालामा प्रवेश गराइएको थियो। कोरोना भाइरसपछि इटालीमा दर्शकको उपस्थितिमा खेलाइएको यो अहिलेसम्मकै ठूलो खेल हो।

ईटालीमा पहिलो पटक दर्शक सहित ठुलो फुटबल प्रतियोगिता खेलाईएको हो । सिरि ए को तालिकामा पाँचौ स्थानमा रहेको युभेन्ट्सलाई पछिल्लो उपाधिले राहत दिएको छ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0