लेवान्डेस्की चम्किएपछि बायर्न म्युनिखको सादानर जित

फुटबल

एजेन्सी । जर्मन बुन्डेस लिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखले सानदार जित निकालेको छ । गएराति भएको खेलमा बायर्नले ग्रिउथेर फर्थलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । बायर्नलाई सानदार जित दिलाउनको लागि रोबर्ट लेवान्डोस्कीको दुई गोल गरे भने इरिक म्याक्सिम चुपो मोटिङले एक गोल थपे ।  एक गोल उपहार पाएको थियो । ग्रिउथेरका ब्रानिमिरको गोल सान्त्वना बन्यो ।

खेलको ४२औं मिनेटमा ब्रानिमिरले फ्रिकिकमा सिधै गोल गर्दै ग्रिउथेरले पहिलो हाफमा १–० ले अग्रता बनाएको थियो । तर, बायर्नले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै सानदार जित निकाल्यो । ४६औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ६१औं मिनेटमा सेवास्टिन ग्रिसविकले आत्मघाती गोल गरेपछि बायर्नले खेलमा २–१ को अग्रता बनायो ।

८२औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ३–१ को अग्रता दिलाए । इन्ज्युरी समयमा इरिक म्याक्सिम चुपो मोटिङले गोल गर्दै बायर्नलाई सानदार जित दिलाए । यो जितसँगै शीर्षस्थानमा रहेको बायर्नको २३ खलेबाट ५५ अंक पुगेको छ । पारजित ग्रिउथेर २३ खेलबाट १३ अंक जोडेर पुछारमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0