लिड्समाथि म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित, रोनाल्डोले भने गोल गर्न सकेनन्

फुटबल

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सानदार जित निकालेको छ । गएराति भएको खेलमा युनाइटेडले घरेलु टोली लिड्स युनाइटेडलाई ४–२ ले पराजित गरेको हो ।

युनाइटेडलाई सानदार जित दिलाउनको लागि ह्यारी मगाएर, ब्रुनो फर्नान्डेस, फ्रेड र एन्थोनी इलांगाले समान एक–एक गोल गरे । घरेलु टोलीका रोड्रिगो र राफिन्हाले गोल फर्काए ।

खेलको ३४औं मिनेटमा ह्यारीले गोल गर्दैं युनाइटेडलाई अग्रता दिलाएका थिए । उनले लुका साको पासमा गोल गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको सुरुमै घरेलु टोलीले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि खेल २–२ को बराबरीमा आयो । ५३औं मिनेटमा रोड्रिगो र ५४औं मिनेटमा राफिन्हाले गोल गरेका थिए ।

७०औं मिनेटमा फ्रेडले जेडान सान्चोको पासमा गोल गर्दै युनाइटेडलाई ३–२ ले अघि बढाए । ८८औं मिनेटमा ब्रुनोको पासमा एन्थोनी इलांगाले गोल गर्दै युनाइटेडको जित पक्का गरे ।

यो जितसँगै युनाइटेड २६ खेलबाट ४६ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । पराजित लिड्स २४ खेलबाट २३ अंक जोडेर १५औं स्थानमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0