टी–२० वरियतामा भारत शीर्ष स्थानमा उक्लिँदा नेपाल यथावत

क्रिकेट

काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को टी-ट्वान्टी वरीयताक्रममा यथावत रहेको छ। आईसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरीयताक्रममा नेपाल १३ औँ स्थानमा कायमै रहेको हो।

यसअघि, एसोसिएट राष्ट्रमध्ये पहिलो स्थानमा र समग्रमा १२ औँ स्थानमा रहेको नेपाल गत महीना १३ औँ स्थानमा झरेको थियो। नेपाललाई पछि पार्दै गत महीना १२ औँ स्थानमा उक्लिएको यूएई पनि सो स्थानमा कायमै छ।

भारत भने इंल्याण्डलाई पछि पार्दै आईसीसी वरीयताको पहिलो स्थानमा पुगेको छ। इंल्याण्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0