युएईविरूद्ध टस जितेर बलिङ गर्दै नेपाल, यस्तो छ नेपालको प्लेइङ ११

क्रिकेट

काठमाडौं । आइसिसी टी-२० विश्वकप छनोटअन्तर्गत सेमिफाइनको खेलमा नेपालले युएईविरूद्ध पहिले बलिङ गर्ने भएको छ। युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो। टिममा कुशल मल्लको स्थानमा विवेककुमार यादवले स्थान बनाएका छन्।

नेपालको प्लेइङ ११ : आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, सन्दीप लामिछाने (कप्तान), कमलसिंह ऐरी, जितेन्द्र मुखिया, विवेक यादव र अभिनाश बोहरा

नेपालले समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा स्थान सुरक्षित गर्दा यूएई समूह ‘ए’ को उपविजेताको हैसियतमा सेमिफाइलन आएको हो। नेपाल समूह चरणका तीनै खेलमा जित निकाल्दै सेमिफाइनल प्रवेश गरेकाे हाे। नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले, दोस्रो खेलमा फिलिपिन्सलाई १३८ रनले र तेस्रो खेलमा क्यानडालाई आठ विकेटले पराजित गरेको थियो।

यस्तै, समूह चरणका तीन खेलमध्ये दुईमा विजयी भएको यूएई एक खेलमा भने पराजित भएको थियो। समूह ‘ए’ बाट आयरल्यान्ड समूह विजेता बन्दै सेमिफाइनल प्रवेश हो। सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल र यूएईबीच भएको पछिल्लो चार टी- २० भेटमा दुबै टोलीले समान दुई खेलमा जित निकालेका छन्। यस अघि सन् २०१९ मा भएको तीन भेटमा भने नेपाल दुई पटक विजयी हुँदा यूएई एक पटक जित निकाल्न सफल भएको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0