पिएसजीले जित्यो फ्रेन्च कप फुटबलको उपाधि

फुटबल

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) यस वर्षको फ्रेन्च कप को उपाधि जितेको छ । गएराति स्टाडे डी फ्रान्स मैदानमा भएको फाइनल खेलमा मोनाकोमाथि २–० को जित निकाल्दै पिएसजीले पछिल्लो सात वर्षमा छैटौँपटक उपाधि उचालेको हो ।

खेलमा पिएसजीलाई विजयी गराउन अर्जेन्टाइनी खेलाडी मौरो इकार्दी र फ्रान्सका किलियन एम्बाप्पेले एक एक गोल गरे । इकार्डीले खेलको १९ मिनेटमा एमबाप्पेले दिएको पासमा गोल गरेका थिए।८१ मिनेटमा एमबाप्पेले टिमको अग्रता दोब्बर पारे। उनले डि मारियाको पासामा गोल गरे।

पिएसजीको सिजनमा यो दोस्रो उपाधि हो। फ्रेञ्च लिग वानको साविक विजेता पिएसजी अंक तालिकामा भने दोस्रो स्थानमा छ। लिगमा चार चरणका खेलहरु बाँकी हुँदा पिएसजी शिर्ष स्थानको लिलभन्दा १ अंकले पछाडी छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0