२५ सेकेन्डमै सुमन लामाले गरे गाेल, पुलिस र एपीएफ बराबरीमा रोकिए

‘ए’ डिभिजन लिग फुटबल

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत मंगलबारकाे विभागीय डर्बीमा नेपाल पुलिस क्लब र एपिएफ फुटबल क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टाेलीले १-१ गाेलकाे बराबरीमा राेकिएका हुन् । सुरूवाती अग्रता जाेगाउन नसक्दा पुलिस अंक बाँड्न बाध्य बन्याे ।

खेल सुरू भएकाे २५ सेकेन्डमै सुमन लामाले गाेल गर्दै पुलिसलाई सुरूवाती अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा प्रदिप लामाले एपिएफलाई १-१ काे बराबरीमा ल्याए । याे नतिजासँगै १२ खेलबाट १५ अंक जाेडेकाे एपिएफ आठाैं तथा समान खेलबाट १२ अंकका साथ पुलिस ११ औं स्थानमा यथावत छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
2
+1
2
+1
0