च्याम्पियन्स लिग : अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो युभेन्टस

फुटबल

काठमाडौं : च्याम्पियन्स लिगअन्तर्गत अन्तिम–१६ को पहिलो लेगमा इटालियन क्लब युभेन्टसले स्पेनको भिल्लारियलसँग बराबरी खेलेको छ । ​भिल्लारियलको घरेलु मैदान स्टेडियो डि ला सिरामिका (एल मड्रिगल) मा आन बिहान भएको खेलमा दुवै टोलीले १–१ को बराबरी खेलेका हुन्।

सुरुआती अग्रता जोगाउन नसक्दा युभेन्टसले बराबरीमा चित्त बुझाउनुपर्‍यो । खेल सुरु भएको ३२ सेकेन्डमै डानिलोको पासमा डुसन भ्लाहोभिचले युभेन्टसलाई अग्रता दिलाएका थिए ।

६६ औं मिनेटमा डानियल पारेजोले घरेलु टोलीलाई १–१ को बराबरीमा ल्याए । उनले एटिएन क्यापोउको पासलाई सदुपयोग गरेका थिए । त्यसपछि थप गोल हुन नसक्दा खेल बराबरीमा टुङ्गियो । दोस्रो लेग १७ मार्चमा युभेन्टसको घरेलु मैदान एलियन्ज स्टेडियममा हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0