लिभरपुलको सानदार जित

फुटबल

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा बुधबार राति लिभरपुलले लिड्स युनाईटेडमाथि शानदार जित निकालेको छ । लिभरपुलले घरेलु मैदानमा लिड्स युनाइटेडमाथि ६–० को शानदार जित निकालेको हो ।

लिभरपुलका लागि मोहम्मद सालह र सादियो मानेले दुई दुई गोल गर्दा माटिप र भान डाइकले एक एक गोल थपे । जितपछि दोस्रो स्थानको लिभरपुलले शिर्ष स्थानको म्यान्चेस्टर सिटीसँगको दुरीलाई ३ अंकमा सिमित गरेको छ । लिगमा २६ खेलबाट लिभरपुलको ६० अंक छ । शिर्ष स्थानको म्यान सिटीको ६३ अंक छ ।

बुधबार राति नै भएका अन्य खेलहरुमा बर्नलेले टोटनह्याम हट्सपरलाई १–० ले पराजित गरेको छ । बर्नलीलाई जित दिलाउन बेन मीले निर्णायक गोल गरे । उनले खेलको ७१ औं मिनेटमा गोल गरेका थिए । अर्काे खेलमा क्रिष्टल प्यालेसले वाट्फोर्डमाथि ४–१ को जित निकालेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0