नेपाल कठिन समूहमा, समूह ‘ए’ मा इन्डोनेसिया र कुवेतसँगै

फुटबल

काठमाडौं । नेपालले एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरणअन्तर्गत समूह ‘ए’ मा आयोजक कुवेतसहित जोर्डन र इन्डोनेसियासँग प्रतिस्पर्धा गर्ने भएको छ । चीनमा आयोजना हुने एएफसी एसियन कपका लागि यसअघि नै आयोजक चीनसहित १३ टोली छनोट भइसकेका छन् ।

तेस्रो चरणमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत प्रत्येक समूहको विजेता र उत्कृष्ट ४ उपविजेता टोलीले पनि एसियन कपमा स्थान बनाउनेछन् । नेपालले जुन ८ मा जोर्डन, जुन ११ मा कुवेत र जुन १४ मा इन्डोनेसियाको सामना गर्नेछ । नेपालले कतार विश्वकप २०२२ को एसियाली छनोटमा पनि कुवेत र जोर्डनसँग प्रतिस्पर्धा गरेको थियो ।

नेपालले सबै खेल सेन्ट्रल भेन्युको रूपमा रहेको कुवेतमा खेल्नेछ । त्यस्तै समूह ‘बी’ मा मंगोलियासहित यमन र फिलिपिन्स, प्यालेस्टाइन छन् भने समूह ‘सी’ मा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र थाइल्यान्ड, समूह ‘डी’ मा भारत, कम्बोडिया, अफगानिस्तान र हङकङ, समूह ‘ई’ मा मलेसिया बंगलादेश, तुर्केमिनिस्तान र बहराइन तथा समूह ‘एफ’ मा किर्गिस्तान, सिंगापुर, म्यानमार र ताजिकिस्तान छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0