नेईमारले ब्रालिलमा हैन अमेरिकामा खेल्ने ईच्छा राखेपछि…

फुटबल

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्ट्राइकर नेइमारले एक दिन अमेरिकामा खेल्ने आशा गरेका छन् । उनले ब्राजिल फर्किनुभन्दा अमेरिकामा खेल्ने आशा गरेका हुन् । ३० वर्षीय नेइमारले हालै मात्र फ्रेन्च लिग वानको क्लब पीएसजीसँग सन् २०२५ सम्मका लागि सम्झैता नवीकरण गरेका छन् । उनी भन्छन्, “मलाई थाहा छैन, म फेरि ब्राजिलको क्लबबाट खेल्छु कि खेल्दिनँ ।

म अमेरिकामा खेल्ने आशामा छु, कम्तीमा एक सिजनका लागि । ब्राजिलको क्लबमा खेल्नेबारे केही निश्चित छैन । कहिलेकाहीँ मलाई खेल्न मन लाग्छ । कहिले मन लाग्दैन ।” ब्राजिलका स्ट्राइकर नेइमारले अमेरिकामा खेल्न चाहनुको कारणबारे ठट्टा गर्दै भने, “किनकि, त्यहाँको च्याम्पियनसिप चाँडै सकिन्छ । त्यसकारण त्यहाँ चार महिनाको छुट्टी हुन्छ । त्यसकारण त्यहाँ धेरै वर्ष खेल्न सकिन्छ ।”

खेलाडी जीवनबाट सन्न्यास लिनेबारे नेइमारले भने, “मैले साथीसँग ठट्टा गर्दै ३२ वर्षको उमेरमा सन्न्यास लिने बताएको थिएँ । तर, मेरो दिमागले जहिलेसम्म खेल्न चाहन्छ, त्यति बेलासम्म म खेल्छु । मेरो शरीर र दिमागले जहिलेसम्म साथ दिन्छ, तबसम्म खेल्नेछु । त्यसकारण यति उमेरमा भन्ने हुँदैन ।”

नेइमारले ब्राजिलको राष्ट्रिय टोली समर्थकबाट टाढिएको पनि बताएका छन् । उनी भन्छन्, “मलाई थाहा छैन किन र कहिलेबाट यस्तो हुन थाल्यो । तर, हाम्रो खेलबारे जनतालाई थाहा हुँदैन । त्यो राम्रो होइन । ब्राजिलको खेललाई महत्त्व नदिने पुस्ता हुर्किनु दुःखद हो । हामी बच्चा हुँदा त्यो पर्वजस्तो हुन्थ्यो ।”

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0