बिश्वकप छनोटबाट नेपाली टिम रित्तो हात आज स्वदेश फर्कदै

क्रिकेट

काठमाडौं । ओमानमा भएको आइसिसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोट ‘ए’ मा सहभागी भएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कंदै छ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली आज साँझ साढे पाँचमा नेपाल आइपुग्ने जानकारी दिएको हो ।

छनोटअन्तर्गत बिहीबार तेस्रो स्थानका लागि भएको खेलमा घरेलु टोली ओमानलाई ९ विकेटले हराउँदै नेपालले तेस्रो स्थान हासिल गरेको थियो । सेमिफाइनलमा युएईसँग पराजित भएपछि अस्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्ने नेपालको सपना अधुरै रह्यो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0