टेनिस स्टारको पिछा गर्ने नेपालीलाई पाँच वर्षसम्म ती खेलाडीको वरिपरि जान प्रतिबन्ध

समाचार

बीबीसी : बेलायतकी टेनिस स्टारलाई पिछा गर्ने एक नेपालीलाई सजाय दिइएको छ । टेनिस स्टार एम्मा रादुकानुको बेलायतस्थित उनको घरसम्म पुग्न ३७ किलोमिटरको यात्रा गर्ने नेपालीलाई पाँच वर्षसम्म ती खेलाडीको वरिपरि जान प्रतिबन्धको आदेश दिइएको छ ।

१९ वर्षीया यूएस ओपन च्याम्पियनले निरन्तर आफ्नो काँधमा हेरिरहेको भन्ने महसुस गरेपछि ३५ वर्षीय अमृत मगरले उनलाई पिछा गर्न छोडेको ब्रोमली मजिस्ट्रेटको अदालतले सुनाएको छ । एम्माका पिता इयानलाई डोरबेल क्यामराले अलर्ट गरेपछि अमृत पक्राउ परेका हुन् ।

उत्तर पश्चिम लण्डनस्थित ह्यारोमा बस्ने मगरलाई इलेक्ट्रिक ट्याग लगाउन पनि आदेश दिइएको छ । पूर्व डेलिभरी ड्राइभर अमृत दक्षिण–पूर्व लण्डनको ब्रोमलीस्थित उनको घरमा तीनपटक पुगे । एकपटक उनले एम्माको घर नजिकैको बगैँचामा एउटा रुखलाई क्रिसमसको लाइटले सजाए र अन्य सजावटका सामानलाई गिफ्ट ब्यागमा राखेर घर नजिकै छोडिदिए ।

एकपटक उनले आफ्नो घरबाट बेलायतकी नम्बर एक खेलाडीको घरसम्म ३७ किलोमिटर टाढा यात्रा गरेको देखाउन हातले कोरेको नक्सासहित एउटा कार्ड पोस्ट गरे । नेपालका अमृतलाई एम्माका पिता इयानले सुरुमा देखेका हुन् । उनले त्यसपछि आफ्नो कारमा अमृतलाई पिछा पनि गरे ।

मगरले प्रहरीलाई बताए अनुसार यूएस ओपनमा जित हासिल गरेपछि उनको हाई–प्रोफाइलका कारण उनी टेनिस स्टारका लागि आकर्षित भएका थिए र एउटा जुत्ता उनकै हो भनी विश्वास गरेर राखेका थिए । यसका साथै उनले एकपटक उनका लागि एउटा फूलको गुच्छा पनि छोडिदिएका थिए । योसँगै एउटा नोट पनि लेखेका थिए – केही भन्नु छैन तर तपाईं मायाको योग्य हुनुहुन्छ ।

अघिल्लो महिना सुनुवाईपश्चात् उनी नोभेम्बर १ देखि ४ डिसेम्बरको बीचमा पिछा गरेको आरोपमा दोषी ठहर भएका थिए । जिल्ला न्यायाधीश सुशील कुमारले जारी गरेको आदेशमा मगरलाई एम्मा वा उनका आमाबुवासँग सम्पर्क गर्न, उनको घर वरिपरिको एक माईल भित्र आउन, उनी प्रतिस्पर्धामा वा प्रशिक्षणमा भएको कुनै पनि खेल मैदान, स्टेडियम वा प्रशिक्षण केन्द्रमा उपस्थित हुन प्रतिबन्ध लगाइएको छ ।

उसलाई १८ महिनाको सामुदायिक आदेशको सजाय पनि सुनाइएको छ जसमा २०० घण्टाको बेतलबी काम र आठ हप्तासम्मको कर्फ्यू पनि लागू गरिएको छ जसमा बेलुका ९ देखि बिहान ६ बजेसम्म इलेक्ट्रोनिक ट्यागमार्फत् निगरानी गरिनेछ ।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0