नेदरल्याण्ड्सको रोमाञ्चक जित, स्कटल्याण्ड १४ रनले पराजित

क्रिकेट

एजेन्सी। म्याक्स ओ‘डाउडले ८२ रनप्रेरित नेदरल्यान्ड्सले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा स्कटल्यान्डलाई १४ रनले पराजित गरेको छ। योसँगै दुई खेलको सिरिजमा नेदरल्याण्ड्सले १–० को अग्रता बनाएको छ।

वर्षाका कारण खेल ३३ ओभरमा छोट्याइएको खेलमा नेदरल्याण्ड्सले दिएको १६४ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले आठ विकेट गुमाएर १४९ रन मात्र बनाउन सक्यो। स्कटल्यान्डका रिचे बेरिङटनले सबभन्दा धेरै ४१ रन बनाए। त्यस्तै जर्ज मुन्सीले २७, मार्क वाटले १५, कलुम म्याक्लोड, सफ्यान सरीफले १४–१४ र केभिन मेनले अविजित १३ रनको योगदान दिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्ले आठ विकेट गुमाएर १६३ रन बनाएको थियो। नेदरल्यान्ड्का लागि म्याक्स ओ‘डाउडले १०३ बलमा ५ चौकासहित एक छक्कासहित ८२ लोथानभ्याक वीकले २४, शकिव जुल्फिकरले १२ र बेन कूपरले १० रन बनाए। बलिङमा स्कटल्याण्डका मार्क वाट र गेभिन मेनले सर्वाधिक दुई/दुई विकेट लिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0