यु–१८ महिला साफ च्याम्पियनसिपको लागि ४० सदस्यीय प्रारम्भिक टोली घोषणा

समाचार

काठमाडौं :  यु–१८ महिला साफ च्याम्पियनसिपको लागि ४० सदस्यीय प्रारम्भिक टोली घोषणा भएको छ। प्रशिक्षक दर्शन भक्त राज लावतले बिहीबार भारतमा अर्काे महिना आयोजना हुने यु–१८ महिला साफ च्याम्पियनसिपको लागि ४० सदस्यीय टोलीको घोषणा गरेका हुन्।

टोलीले गत सोमबारदेखि नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण सुुरु गरिसकेको छ। टोलीको सहायक प्रशिक्षकमा भगवती थापा रहँदा गोलकिपिङ प्रशिक्षकमा श्री प्रकाश वैद्य रहेका छन्। प्रतियोगिता १५ देखि २५ मार्चसम्म भारतको जमसेदपुरमा हुँदैछ।

प्रतियोगिता आयोजक भारतसँगै नेपाल र बंगलादेशको सहभागिता रहेको छ। यी तीन टोलीले डवल राउन्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्ने छन्। सर्वाधिक अंक बटुल्ने टोली च्याम्पियन बन्नेछ।

प्रारम्भिक टोली : सावित्री किसान (गोलरक्षक), लिला जोशी (गोलरक्षक), पुजा थापा (गोलरक्षक), सानीमाया स्याङ्तान (गोलरक्षक), रन्जिता चौधरी (गोलरक्षक) र दीपिका कथारिया (गोलरक्षक) सम्झना चौधरी, सविना चौधरी, मन्जुकुमारी खड्का, प्रतिक्षा चौधरी, गंगाकुमारी चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, गोमा रोकाया, सीमा रावल, विपना स्नेही, प्रेना डोल्मा लामा, दिव्य यस्मालीमगर, मासाङ हिङडुङ, दीपा शाही, प्रतिक्षा राई, अनु राई, हिमा रावत, सरस्वती हमाल, प्रिति राई, सुष्मा जिटी, सुनकला राई, अञ्जली माचामासी, तुलसा बोहरा, सराह बज्राचार्य, मनिषा सेन, जेनिफर राना, सरिष्मा थापा, सदीपा भोलान, कुसुम खतिवडा, अमिषा कार्की, ममता पुन, मनमाया परियार, गरिमा राई र समीक्षा मगर।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0