पुछारको नर्विचमाथि साउथह्याम्पटनको जित

फुटबल

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले नर्विच सिटीमाथि सहज जित निकालेको छ। शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा साउथह्याम्पटनले नर्विच सिटीलाई २-० गोल अन्तरले हराएको हो ।

साउथह्याम्पटनलाई जित दिलाउन चे एडम्स र ओरिओल रोमेउले एक एक गोल गरे । खेलको ३६ औँ मिनेटमा एडम्सको गोलबाट अग्रता लिएको साउथ ह्याम्प्टनका लागि ८८औँ मिनेटमा रोमेउले दोस्रो गोल गरे।

जितसँगै साउथ ह्याम्प्टन २६ खेलबाट ३५ अंक जोडेर नवौँ स्थानमा उक्लिएको छ। पराजित नर्विच भने अन्तिम स्थानमा छ। लिगमा शनिवार राति ६ वटा खेल हुँदैछन्। म्यानचेस्टर सिटी २६ खेलबाट ६३ अंक जोडेर पहिलो स्थानमा तथा लिभरपुल समान खेलबाट ६० अंक जोडेर दोस्रो स्थानमा छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0