सुरुवाती अग्रता जाेगाउन नसक्दा उडिनेससँग बराबरीमा राेकियाे एसी मिलान

फुटबल

काठमाडौं : इटालियन सिरी ए अन्तर्गत गए रातिकाे खेलमा लिग लिडर एसी मिलानले उडिनेससँग बराबरी खेलेकाे छ । मिलानकाे घरेलु मैदान सान सिराेमा दुवै टाेली १-१ काे बराबरीमा राेकिएका हुन् । सुरुवाती अग्रता जाेगाउन नसक्दा घरेलु टाेली अंक बाँड्न बाध्य बन्याे ।

खेलकाे खेलकाे २९ औं मिनेटमा स्यान्द्राे टोनालीकाे पासलाई सदुपयोग गर्दै राफेल लियाेले मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए । ६६ औं मिनेटमा डेस्टिनी उडाेगीले उडिनेसलाई १-१ काे बराबरीमा ल्याए । उनले राेबर्टाे परेराकाे पासमा गाेल गरेका थिए ।

त्यसपछि थप गाेल निस्कन नसक्दा दुवै टाेलीले अंक बाँडेका हुन् । याे नतिजासँगै २७ खेलमा ५७ अंकका साथ मिलान शीर्षनमा कायम रहँदा उडिनेस २५ खेलबाट २६ अंक जाेड्दै १४ औं स्थानमा उक्लिएकाे छ । लिग अन्तर्गतकै अर्को खेलमा दोस्रो स्थानकाे इन्टर मिलानले रेलिगेसन जाेनकाे जिनाेआसँग गाेलरहित बराबरी खेलेकाे छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0