आजबाट सकिँदै ‘ए’ डिभिजन लिग, अन्तिम दिन आज तीन खेल हुँदै

‘ए’ डिभिजन लिग फुटबल

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग आजबाट सकिँदैछ । लिगको अन्तिम चरण अन्तर्गत आज अन्तिम तीन खेल हुँदैछन् । जसमध्ये दुई दशरथ रंगशाला र एक एन्फा कम्प्लेक्समा हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबले प्रतिस्पर्धा गर्नेछन् । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

आर्मी र मनाङ आज जित निकाल्दै सिजनको सुखद् अन्त्य गर्न चाहन्छन् । आर्मी १२ खेलमा २२ अंक जोडेर दोस्रो तथा मनाङ १२ खेलमा २० अंकका साथ पाँचौं स्थानमा छन् । दिउँसाे १ बजे नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा न्युरोड टिम (एनआरटी) ले नेपाल पुलिस क्लबकाे सामना गर्नेछ ।

दुवै टाेली आज जित निकाल्दै प्रतियाेगिताकाे सुखद् अन्त्य गर्ने साेचमा हुनेछन् । एनआरटी १२ खेलमा २० अंक जोडेर चौंथो तथा पुलिस १२ अंकका साथ ११ औं स्थानमा छन् । दशरथ रंगशालामा हुने दोस्रो खेलमा लिग विजेता मछिन्द्रले एपिएफ फुटबल क्लबकाे सामना गर्नेछ । लिगको अन्तिम खेलको रूपमा रहेको याे खेल साढे चार बजे सुरु हुनेछ ।

मछिन्द्र एपिएफलाई हराएर अपराजित रहँदै लिगकाे अन्त्य गर्ने प्रयासमा हुनेछ । एपिएफ पनि जितका साथ लिग सकाउन चाहन्छ । समान १२ खेलबाट मछिन्द्र ३२ अंक जोडेर शीर्षमा रहँदा एपिएफ १५ अंकका साथ आठौं स्थानमा छ । याे संस्करणमा मछिन्द्र फुटबल क्लबले उपाधि उचाल्दा च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब रेलिगेसनमा परेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0