स्टार खेलाडी सहितको वेस्ट इन्डिज टि-२० टिमको घोषणा, पोलार्ड बने कप्तान

समाचार

एजेन्सी । आफ्नै घरेलु मैदानमा दक्षिण अफ्रीका, अष्ट्रेलिया र पाकिस्तानसँग खेल्न वेष्ट इण्डिज क्रिकेट बोर्डले बलियो वेस्ट इन्डिज क्रिकेट टिमको टिमको घोषणा गरेको छ। किरन पोलार्डको कप्तानीमा घोषित १८ सदस्यीय प्रारम्भिक टिममा आक्रामक ब्याट्सम्यान आन्द्रे रसेल सहित शिमरोन हेटमायर, तीव्र गतिका बलर शेल्डन कटरेल, ओसेन थोमस र स्पिनर हेडेन वाल्श जुनियरले वेस्टइन्डिजको राष्ट्रिय टोलीमा कमब्याक गरेका छन् ।

त्यस्तै टोलीमा अनुभवी ओपनर क्रिस गेलले पनि निरन्तरता पाएका छन् । सुनील नारायण भने यो पटक पनि टिममा समेटिएका छैनन् । दक्षिण अफ्रिका र वेस्ट इन्डिजबिचको टी–ट्वान्टी सिरिज जुन २६ देखि जुलाई ५ सम्म हुनेछ । त्यस्तै, अष्ट्रेलियासँग जुलाई ९ देखि १६ सम्म टी–ट्वान्टी र जुलाई २० देखि २४ सम्म एकदिवसीय सिरिज हुनेछ । पाकिस्तानसँग पाँच खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ । जुलाई २७ देखि ३ अगस्ट सम्म र अगस्ट १२ देखि २४ सम्म टेस्ट सिरिज हुने तालिका रहेको छ ।

वेष्ट इण्डिजको टी–२० टिम : किरन पोलार्ड (कप्तान), निकोलस पुरन (विकेटकिपर तथा उपकप्तान),क्रिस गेल, फबियन एलेन, ड्वेन ब्राभो, शेल्डन कटरेल,अकेल हुसेन, ओबेड म्याककोय, फिडेल एडवार्ड्स, आन्द्रे फ्लेचर , शिम्रन हेटमायर, जेसन होल्डर, आन्द्रे रसेल, लेन्डन सिमन्स, केभिन सिन्क्लेयर, ओशान थोमस, इभिन लुइस र हेडेन वाल्श जुनियर

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *