एम्बाप्पेको २ गोलमा पिएसजीको सानदार पूनरागमन जित

फुटबल

काठमाडौं : केलियन एम्बाप्पेले दुई गोल गरेपछि शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार पूनरागमन जित निकालेको छ । पिएसजीले घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै सेन्ट इटिएनमाथि ३–१ को सहज जित निकालेको हो।

पिएसजीको जितमा एमबाप्पेले दुई तथा डानिलो पेरेइराले एक गोल गरे। सेन्ट इटिएनका डेनिस वोउएंगाको गोल सान्त्वना बन्यो। पार्क डेस प्रिन्सेस मैदानमा शनिबार राति भएको खेलमा खेलको १६औं मिनेटमा डेनिसले गोल गर्दै पाहुना टोलीलाई सुरूआती अग्रता दिलाए।

खेलको ४२ औं मिनेटमा एम्बाप्पेको गोल गर्दै घरेलु टोली खेलमा फर्कियो। लियोनेल मेसीको पासमा उनले गोल गर्दै पहिलो हाफमा टोलीलाई १-१ को बराबरीमा ल्याए। दोस्रो हाफको सुरूमै ४७ औं मिनेटमा मेसीकै पासमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाए।

त्यसको ५ मिनेटपछि नै एम्बाप्पेको पासमा डानिलो पेरेइराले गोल गर्दै पिएसजीलाई खेलमा ३–१ ले अघि बढाए। त्यसपछि थप गोल हुन नसक्दा पिएसजीले खेल ३-१ ले जित्यो। यो जितसँगै पिएसजीले शीर्षस्थानमा १६ अंकको स्पष्ट अग्रता लिएको छ। पिएसजीको २६ खेलबाट ६२ अंक पुगेको छ। समान खेलबाटै दोस्रो स्थानमा रहेको निसको ४६ अंक छ। पराजित सेन्ट इटिएन २२ अंक जोडेर १६ औं स्थानमा छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0