युरोकपमा मैदानमा ढलका एरिक्सन अन्ततः मैदानमै फर्किए, विपक्षी समर्थकले पनि ताली बजाए

फुटबल

काठमाडौं : शनिबार न्युक्यासलविरुद्धको खेलमा ब्रेन्टफोर्डको तर्फबाट ५२ औँ मिनेटमा जब क्रिस्टियन एरिक्सन मैदानमा प्रवेश गरे, त्यतिबेलाको वातावरण नै फरक थियो । घरेलु समर्थक मात्र नभएर विपक्षी टोलीका समर्थकहरु आफ्नो सिटबाट उठेर उनका लागि ताली बजाइरहेका थिए ।

गत जुनमा डेनमार्कबाट युरो २०२० मा फिनल्याण्डविरुद्धको खेलमा एरिक्सनलाई हृदयघात भएको थियो । सो घटनाको ठ्याक्के २५९ दिनपछि एरिक्सन पुनः मैदानमा फर्कन सफल भएका हुन् । ब्रेन्टफोर्डका म्यानेजर थोपस फ्रांकले एरिक्सनलाई पुनः मैदानमा फर्काउने वाचा गरेका थिए । त्यो वाचा शनिबार पुरा भएको छ ।

यद्यपि, उनको पुनरागमन सोचे जस्तो चाहिँ भएन । सुरुमा नै १० खेलाडीमा सीमित बनेको ब्रेन्टफोर्ड आफ्नो घरेलु मैदानमा २–० ले पराजित हुन पुग्यो । खेलपछि प्रतिक्रिया दिँदै एरिक्सनले भने, ‘आजको नतिजालाई बेवास्ता गर्ने हो भने म आज खुसी छु । मैले जे भोगे, त्यसपछि फेरि मैदानमा फर्कन पाउनुको अनुभव निकै अद्वितीय छ ।’

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0