बेन्जेमाको गोलमा रियलको जित, शीर्ष स्थानमा ९ अंकको अग्रता

फुटबल

काठमाडौं : लिगको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा जित निकालेको छ। रियलले घरेलु टोली रायो भालेकानोलाई १–० ले पराजित गरेको हो।

रियलको जितमा खेलको अन्त्यतिर कप्तान करिम बेन्जेमाले गरेको गोल नै निर्णायक बन्यो। उनले ८३औं मिनेटमा भिनिसयस जुनियरको पासमा गोल गरेका थिए। शनिबार राति भएको खेलमा रियलले घरेलु टोलीलाई लगातार दवावमा राखे पनि गोलको लागि खेलको अन्त्यसम्म कुर्नुपरेको थियो।

जितसँगै रियलले शीर्षस्थानमा ९ अंकको अग्रता बनाएको छ। रियलको २६ खेलबाट ६० अंक पुगेको छ। एक खेल कम खेलेर दोस्रो स्थानमा रहेको सेभियाको ५१ अंक छ। पराजित रायो भालेकानो २५ खेलबाट ३१ अंक जोडेर १२औं स्थानमा रहेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0