दुई युक्रेनी खेलाडीले जब देशको हालत सम्झिएर आँखाभरी आँशु बनाए

फुटबल

काठमाडौं । गएराति इंग्लिस प्रिमियर लिगअन्तर्गत इभर्टन र र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा भयो । सिटीले १–० ले जित्यो । इभर्टनको घरेलु मैदान गुडिसन पार्कमा भएको खेलमा फिल फोडेनको एकमात्र गोलको मद्दतले सिटीले बाजी मारेको हो ।

तर, खेलको हारजितभन्दा अरु विषयले त्यहाँ धेरैलाई भावुक बनायो । अहिले रुसले छिमेकी देश युक्रेनमाथि आक्रमण गरेको छ । यसको असरबाट फुटबल जगत पनि अछुतो हुन सकेको छैन । यसै दृश्य गएराति मैदानमा देखियो । जब इभर्टन र सिटीका खेलाडी एक–अर्काविरुद्ध लड्न मैदानमा उत्रिए । त्यहाँ दुई प्रतिस्पर्धी खेलाडीबीच भएको दुश्यले दर्शकसँगै आम मानिसलाई भावुक बनायो ।

सिटीबाट खेलिरहेका एलेक्स जिनचेन्को र इभर्टनबाट खेलिरहेका भिटालिए मिकोलेन्कोबीच खेलअगाडि हात मिलाउने क्रममा भेट भयो । यी दुई युक्रेनीले खेलाडी देशको हालतबारे कुरा गरेर भावुक भए । आँखाभरी आँशु बनाए । एक–अर्कालाई अँगालो हालेर रोए । यो दृश्य देखेर युक्रेनको झण्डा बोकेर खेल हेर्न आएका केही दर्शकले पनि आँखाभरी आँशु बनाएका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
7
+1
33