वेष्टह्यामलाई १-० ले पराजित गर्दै शेफिल्ड अंक तालिकाको पाँचौँ स्थानमा

फुटबल

काठमाडौं, २६ पुस । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा जित हासिल गर्दै शेफिल्ड युनाइटेड अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा भएको खेलमा युनाइटेडले वेष्टह्याम युनाइटेडलाई १–० ले पराजित गरेको हो । शेफिल्डका लागि ओली म्याकबर्नीले ५३ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलमा अन्तिम समयमा वेष्टहामले गरेको बराबरी गोल भिडियो असिस्टेन्ट रेफ्रीको मद्दतले अस्वीकार पछि शेफिल्ड पाँचौ स्थानमा उक्लिएको हो ।

जितपछि शेफिल्ड युनाइटेड म्यानचेस्टर युनाइटेड र टोटनह्याम भन्दा अघि भएको छ । उसको २२ खेलबाट ३२ अंक भएको छ । म्यानचेस्टर युनाइटेडको २१ खेलबाट ३१ तथा टोटनह्यामको २१ खेलबाट ३० अंक रहेको छ । पराजित भएको वेष्टह्याम युनाइटेड २१ खेलबाट २२ अंकसहित १६ औँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *