महान फुटबलर पेले अस्पतालबाट डिस्चार्ज

फुटबल

काठमाडौं । ब्राजिलका लिजेन्ड पेले अस्पतालबाट डिस्चार्ज भएका छन् । ट्युमर र पिसाब नलीमा समस्या देखिएपछि पेले अस्पताल भर्ना भएका थिए । तीनपटकका विश्वकप विजेता गत फेब्रुअरी १३ मा साउ पाउओस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा भर्ना भएका थिए । उनको कोलोनको ट्युमरको उपचार गरिएको थियो ।

भर्ना भएको ८ दिनपछि उनको पिसाब नलीमा संक्रमण भएको पत्ता लागेपछि उनको अस्पताल बसाई लम्बिएको थियो । ८१ वर्षीय खेलाडीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले बनाएको छ । गत वर्षको सेप्टेम्बरमा उनको ट्युमर पत्ता लागेको थियो । सन् २०१६ मा उनको प्रोस्टेटको अपरेशन गरिएको थियो ।

त्यसपछि ६ महिनापछि उनी पुनः अस्पताल भर्ना भएका थिए । सन् २०१९ मा पनि उनको पिसाब नलीमा संक्रमण भएपछि अस्पताल भर्ना गर्नुपरेको थियो । ब्राजिलका सर्वकालीन गोलकर्ता रहेका पेलेले ९२ खेलमा ७७ गोल गरेका छन् । चारवटा विश्वकप खेल्ने उनी चार खेलाडीमध्ये एक हुन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0