राहुल द्रविड बने श्रीलंका जाने भारतिय टिमको मुख्य प्रशिक्षक

समाचार

एजेन्सी। श्रीलंका भ्रमणका दौरान भारतीय टिमको प्रशिक्षक पुर्वकप्तान राहुल द्रविड बन्ने भएका छन्। मुख्य प्रशिक्षक रबि शास्त्री भारतको पहिलो टिमसँग इंग्ल्यान्ड भ्रमणमा हुने भएपछि श्रीलंका टूरमा टिम प्रशिक्षकको मुख्य भूमिकामा द्रविड रहने भएका हुन्।

द्रविडले ‘राष्ट्रिय क्रिकेट एकेडेमी’मा कार्यकाल सम्हाल्नु भन्दा पहिले भारतीय अण्डर-१९ र भारतीय ‘ए’ टिमको पनि प्रशिक्षण गरिसकेका छन्। अहिले भारतीय टोलीका धेरै युवा खेलाडी द्रविडकै खोज हुन्।

भारतले जुलाई ५ देखी २८ जुलाईसम्म श्रीलंका भ्रमण गर्नेछ। जसमा तीन एकदिवशीय र तीन ट्वान्टी–२० खेल खेल्नेछ। राहुलले यसअघि २०१४ मा इङ्ल्यान्ड भ्रमणका दौरानमा पनि भारतीय टोलीका ब्याटिङ सल्लाहकारका रुपमा काम गरेका थिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *