विराज र अरुणा वर्षका सर्वोत्कृष्ट खेलाडी, नगद एक–एक लाख हात पारे

समाचार

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले १६ औं एनएनआईपीए स्पोर्टस अवार्डका सर्वोत्कृष्ट र उत्कृष्ट खेलाडीसहित विभिन्न विधामा अवार्ड प्रदान गरेको छ ।

लामो समय नेपाली राष्ट्रिय फुटबल टिमका महत्वपुर्ण सदस्य रहेका पुर्व कप्तान विराज महर्जन र भलिबलकी अरुणा शाही वर्षको सर्वोत्कृष्ट खेलाडीको अवार्डबाट समानित भएका छन् । उनीहरुले समान स्वरुप नगद एक–एक लाख नगद प्राप्त गरेका छन् ।

त्यस्तै, अन्य विभिन्न संघसँग सम्बध २७ खेलाडी उत्कृष्ट घोषित भए । ट्रायथ्लनका हिमाल टमाटाले पुरुषतर्फ तथा तेक्वान्दोकी पार्वती गुरुङले महिलातर्फको प्रतिभाशाली खेलाडी सम्मान प्राप्त गर्न सफल भए । उनीहरुले जनही ५० हजार प्राप्त गरे । ब्याडमिन्टनका प्रिन्स दाहालले पुरुष र उसुकी निमा घर्तीमगरले महिलातर्फको उदयमान खेलाडी सम्मान प्राप्त गरे । प्रिन्स र निमाले पनि जनही ५० हजार प्राप्त गरे ।

एथलेटिक्स प्रशिक्षक पुष्पराज ओझालाई गजराज आदर्श खेल व्यक्तित्व सम्मान प्रदान गरिएको छ । उनलाई सम्मानसहित पुष्पराजलाई नगद ३५ हजार प्रदान गरियो । त्यस्तै, एभिसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियन बनेका नेपाली महिला टोलीलाई विशेष सम्मान प्रदान गरिएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0