कुशल भुर्तेलले विश्व वरीयतामा डेभिड वार्नर, फखर जमान र केन विलियम्सनलाई पछि पारे

क्रिकेट

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल आइसिसी टी-२० ब्याट्सम्यानको वरीयतामा फेरि माथि उक्लिएका छन्। यसअघि ३९ औं स्थानमा रहेका कुशल बुधबारको वरीयतामा ३१औं स्थानमा छन्।

कुशलले न्युजिल्यान्डका केन विलियमसन, पाकिस्तानका फखर जमान, इंग्ल्यान्डका जोनी बार्यस्टो र अस्ट्रेलियाका डेभिड वार्नर जस्ता खेलाडीलाई पछि पारेका छन्। विलियमसन ४४औं, फखर ३९औं, वार्नर ४८ औं र वार्यस्टो ३७औं स्थानमा छन्। शीर्ष स्थानमा पकिस्तानका बाबर अजाम र दोस्रो स्थानमा पाकिस्तानकै मोहमद रिजवान छन्।

यस्तै दीपेन्द्रसिंह ऐरी ५०औं स्थानमा रहेका छन्। यसअघि पनि उनी ५०औं स्थानमै थिए। बलिङतर्फ स्पिनर सन्दीप पनि ७ स्थान सुधार गर्दै ३६ औं स्थानमा उक्लिँदा तीव्र गतिका बलर अभिनाश बोहरा पनि ४ स्थान सुधार गर्दै ८२ औं स्थानमा छन् । उनीहरूको रेटिङ प्वाइन्ट क्रमशः ४९४ र ४११ छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
1
+1
1
+1
20
+1
2
+1
2
+1
2