लुकाकुको निर्णायक गोलमा चेल्सी एफए कपको क्वार्टरफाइनलमा

फुटबल

काठमाडौं । लुटोन टाउनमाथि रोमाञ्चक जित निकाल्दै चेल्सी एफए कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । इङ्लिस क्लब चेल्सीले च्याम्पियनसिप क्लब लुटोन टाउनमाथि उसकै मैदानमा ३–२ को संघर्षपूर्ण जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गर्‍यो।

चेल्सीको जितमा सउल निग्वेज, टिमो वेर्नर र रोमेलु लुकाकुले गोल गर्दा घरेलु टोली लुटोन टाउनका लागि रिस वर्क र ह्यारी कर्निकले गोल गरे। खेलको दोस्रो मिनेटमै रिस वर्कले गोल गर्दै घरेलु टोलीले सुरूआती अग्रता लिएको थियो। तर खेलको २७ औं मिनेटमा सउल निग्वेजले गोल गर्दै चेल्सीलाई १–१ गोलको बराबरीमा ल्याए।

४०औं मिनेटमा घरेलु टोलीका लागि ह्यारी कर्निकले गोल गरेपछि पहिलो हाफमा चेल्सी २–१ ले पछि पर्‍यो। खेलको ६८औं मिनेटमा टिमो वेर्नरले गोल गर्दै चेल्सीलाई पुन खेलमा फर्काए। त्यसको १० मिनेटपछि रोमेलु लुकाकुले गोल गर्दै चेल्सीलाई ३–२ को अग्रता दिलाए। त्यसपछि खेलमा गोल हुन नसक्दा घरेलु टोली हार व्यहोर्न बाध्य हुँदा पाहुना टोली चेल्सी अन्तिम ८ मा प्रवेश गर्‍यो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0