सन्दीप लामिछाने टी-२० सँगै एकदिवसीय टिमको पनि कप्तान

क्रिकेट

काठमाडौं । नेपाली टी–२० क्रिकेटका कप्तान सन्दीप लामिछाने नेपालको एकदिवसीय टिमको पनि कप्तान हुने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई टी–२० सँगै एकदिवसीय टिमको पनि कप्तानी दिएको हो ।

यसअघि तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ललाई हटाउँदै क्यानले सन्दीपलाई नयाँ कप्तानको जिम्मेवारी दिएको थियो। क्यानका कार्यवाहक सचिव प्रशन्त मल्लले सन्दीपलाई एकदिवसीय टिमको पनि कप्तानको जिम्मेवारी दिइएको जानकारी दिए ।

नेपालले सन्दीपको कप्तानीमा चार देश सम्मिलित टी–२० सिरिज र टी–२० विश्वकप छनोट खेलेको थियो। अब नेपालले सन्दीपको कप्तानीमा आगामी महिना युएईमा हुने आइसिसी क्रिकेट वर्ल्ड कप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ।

त्रिकोणात्मक सिरिज खेल तालिका

नेपाल भर्सेस पपुवा न्युगिनी (मार्च १६, शारजाह)
नेपाल भर्सेस युएई (मार्च १८, दुबई)
नेपाल भर्सेस युएई (मार्च २१, दुबई)
नेपाल भर्सेस पपुवा न्युगिनी (मार्च २२, दुबई)

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged