काठमाडौं रेजर्सको मार्कीमा बिकेश कुथु र प्रशिक्षकमा बालगोपाललाई निरन्तरता

नेपाल सुपर लिग फुटबल समाचार

काठमाडौं : आसन्न नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि साबिक विजेता काठमाडौं रेजर्स फुटबल क्लबले बिकेश कुथुलाई मार्की खेलाडीमा निरन्तरता दिएको छ । यस्तै, क्लबले प्रशिक्षकमा पनि बालगोपाल महर्जनलाई नै निरन्तरता दिएको छ । गत वैशाखमा भएको एनएसएलको पहिलो संस्करणमा पनि काठमाडौंले विकेशलाई नै मार्की खेलाडीमा अनुबन्ध गरेको थियाे ।

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालि (एनइएसएम)ले फुटबलको फ्रेन्चाइज लिग–एनएसएलको दोस्रो संस्करणका लागि भोलि (शुक्रबार) अक्सन गर्दैछ । त्यसअघि नै मार्की खेलाडीको टुङ्गो लगाउन क्लबलाई जानकारी दिएको थियो ।

गत सिजनका सात र थप तीन टोली गरी आसन्न संस्करणमा कुल १० टोलीले प्रतिस्पर्धा गर्ने छन् । जसका लागि विराटनगरले मुख्य प्रशिक्षकमा बालगोपाल महर्जनलाई सार्वजनिक गरेको छ । गत सिजन बालगोपालकै नेतृत्वमा काठमाडौंले एनएसएलको पहिलो संस्करणमा उपाधि जितेको थियो ।

२६ चैतदेखि सुरु हुन लागेकाे एनएसएलमा गत संस्करणको विजेता काठमाडौं रेजर्स, उपविजेता धनगढी एफसी, ललितपुर सिटी फुटबल क्लब, बुटवल लुम्बिनी, पोखरा थन्डर्स, एफसी चितवनसँगै नयाँ क्लबहरू झापा एफसी, मेची–इलाम र विरगञ्ज युनाइटेडले प्रतिस्पर्धा गर्ने छन् ।

झापाले अञ्जन विष्ट, धनगढीले विशाल राईलाई मार्की खेलाडी घोषणा गरेका छन् भने ललितपुरले विमल घर्तीमगरलाई अनुबन्ध गरेको चर्चा छ । यसपटक एनएसएलमा १० क्लब रहनेछन् । पहिलो संस्करणमा सात टोली रहदा दोस्रो संस्करणमा तीन टोली थप गरिएको हो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0