नेपाल सुपर लिग : मार्की प्लेयरमा रन्जित धिमाल निरन्तर, मुख्य प्रशिक्षक विष्णु गुरुङ

नेपाल सुपर लिग समाचार

काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग एनएसएलका लागि विराटनगर सिटी एफसीले विष्णु गुरुङलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । विराटनगर बिहीबार विज्ञप्ति जारी गर्दै गुरुङलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । गुरुङको प्रशिक्षण करियरको छोटो समयमै धेरै उपलब्धि हासिल गरेको र क्लबको भिजन अनुसार काम गर्न सक्षम रहेको भन्दै जनाएको छ । गुरुङको ए डिभिजन लिगमा संकटा क्लबको प्रशिक्षण सम्हालेका थिए । जहाँ संङ्कटा सातौं भएको थियो ।

विराटनगरले गत संस्करणमा भारतीय प्रशिक्षक यान ल लाई प्रशिक्षक नियुक्त गरेको थियो । तर प्रतियोगिता दौरान अनुशानविपरीत काम गरेको भन्दै एनएसएल आयोजकले यान ल लाई ५० हजार जरिवाना र एक वर्षको प्रतिबन्ध लगाएको थियो । यस्तै विराटनगरले मार्की प्लेयरमा डिफेण्डर रन्जित धिमाललाई नै फेरि अनुबन्ध गरेको छ । गत संस्करणमा रन्जित विराटनगरको मार्की प्लेयर र कप्तान थिए ।

यस संस्करणको लागि पनि धिमाललाई नै फेरि अनुबन्ध गरेको विराटनगरले जनाएको छ । रन्जित धिमालले मछिन्द्र क्लबबाट लगातार दुई पटक ए डिभिजन लिगको उपाधि जितेका थिए । विराटनगरले धिमाल मैदान भित्र र बाहिर पनि नेतृत्व गर्न सक्ने खेलाडी रहेको जनाएको छ ।

यस्तै विराटनगरले विदेशी खेलाडीको कोटामा यस पटक पनि उलरिस सिवेला२ अनुबन्ध गरेको छ । गत संस्करणमा पनि सिवेले विराटनगरबाटै खेलेका थिए । मैदानभित्र र बाहिर पनि सिवे व्यवसायिक रहेको र क्लबलाई अघि बढाउन उनको अनुभव काम लाग्ने विराटनगरले जनाएको छ । चैन अन्तिमदेखि सुरु गर्ने तयारी रहेको एनएसएलको दोस्रो संस्करणका लागि शुक्रबार अक्सन हुँदैछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Tagged