गोलकिपर अर्पण कार्कीको शल्यक्रिया सफल, ९ महिना मैदान बाहिर रहने

समाचार

काठमाडौं । च्यासल युथ क्लबका गोलकिपर अर्पण कार्कीको शल्यक्रिया सफल भएको छ । शहीद स्मारक ‘ए’ डिभिजन लिगका दौरान घुँडामा चोट लागेका उनको एसिएल र एमसिएलको शल्यक्रिया भएको हो ।

लिगमा मछिन्द्र फुटबल क्लबविरुद्धको खेलमा विमल घर्तीमगरसँग जुध्न पुग्दा उनी घाइते भएका थिए । शल्यक्रिया सफल भएसँगै अपर्ण कम्तिमा ९ महिना मैदान बाहिर रहने छन् । उनको सातदोबाटोस्थित बी एण्ड बी अस्पतालमा शल्यक्रिया भएको हो ।

लिगमा तालिकाको पुछारमा रहेका च्यासल दोस्रो डिभिजनमा घटुवा भएको थियो । यस्तै, मछिन्द्रले अपराजित रहँदै लिगको उपाधि रक्षा गरेको थियो । अर्पणकै कप्तानीमा नेपालले यु–१९ साफ च्याम्पियनसिपको उपाधि जितेको थियो । उनी यु–२३ राष्ट्रिय टोलीका कप्तानसमेत हुन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Tagged