पाकिस्तान सुपर लिगका बाँकी खेलहरु युएईमा हुने पक्का

क्रिकेट

एजेन्सी । पाकिस्तान सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेटको बाँकी खेलहरु युएईमा आयोजना हुने भएका छन् । पाकिस्तान क्रिकेट बोर्ड पीसीबीको प्रस्तावपछि युएईको आबुधाबी सरकारले पीएसएल गर्न अनुमति दिएसँगै बाँकी खेलहरु युएईमा हुने पक्का भएको हो । तर खेलको मिति भने तय भएको छैन ।

पीसीबीले दुई साता अघि प्रतियोगिता आयोजनाका लागि युएई क्रिकेट बोर्ड समक्ष प्रस्ताव गरेको थियो । पीएसएलमा सहभागी ६ टिमले कराँचीमा तय भएको बाँकी खेल युएईमा गर्न पीसीबीलाई आग्रह गरेको थियो । युएई पुगेपछि खेलाडी र अफिसियलहरु ७ दिन क्वारेन्टिनमा बस्नु पर्नेछ ।

केही खेलाडी र कर्मचारी कोभिड-१९ संक्रमित भएपछि ट्वान्टी–२० फ्रेन्चाइज लिग गत मार्चमा स्थगित भएको थियो। लिगमा अझै २० खेल बाँकी छन्। पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्सबाट खेल्न नेपालका सन्दीप लामिछाने पनि कराँची पुगेका थिए । तर लिग स्थगित भएपछि सन्दीप नखेली फर्किए । सुरुमा सन्दीप टिममा नरहेपनि रासिद खानले कलन्दर्स छाडेपछि सन्दीपलाई टिममा राखिएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged