नेपाल सुपर लिग रोज्दै एन्फाकाे लिग कमिटी संयोजकबाट विज्ञानराज शर्माले दिए राजीनामा

नेपाल सुपर लिग समाचार

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)काे लिग कमिटी संयाेजक विज्ञानराज शर्माले राजीनामा दिएका छन् । नेपाल सुपर लिगको फ्रेन्चाइज टिम काठमाडौं रेजर्सका निर्देशक रहेका शर्माले लिग कमिटीको संयोजकबाट राजीनामा घाेषणा गरेका हुन् । उनले एन्फा लिगका महासचिवलाई राजीनामा पत्र पनि बुझाएका छन् । नेपाल सुपर लिग दाेस्राे संस्करणमा काठमाडाैं रेजर्समा आवद्ध रहेकाले राजीनामा दिएकाे उनले बताएका छन् ।

‘लिग कमिटीकाे संयाेजक र काठमाडाैं रेजर्स फुटबल क्बलकाे डाइरेक्टरकाे रूपमा सँगसँगै काम गर्दा कतिपय अप्ठ्यारा आउन सक्ने तथा दाेहाेराे जिम्मेवारीले कतिपय नैतिकताका प्रश्नहरू पनि जाेडिन जाने भएकाले आजकाे मितिदेखि राजीनामा पेस गरेकाे छ’, उनले राजीनामा पत्रमा भनेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0