युक्रेनका चर्चित खेलाडीहरू रुसविरुद्ध युद्ध लड्दै

समाचार

पेरिस : युक्रेनका चर्चित खेलाडीहरू रुसविरुद्धको लडाइमा सक्रिय सहभागी भएका छन् । विश्व बक्सिङ च्याम्पियन, फुटबल स्टार, धेरै प्रतियोगितामा जित हासिल गरेका चर्चित तथा सक्रिय खेलाडीहरू रुसविरुद्धको लडाइमा सहभागी भएका हुन ।

बक्सिङ विश्व च्याम्पियन तथा किभका मेयर भिताली क्लीट्चकोले हतियार लिएर आफू पनि लडाइमा उत्रिन तयार रहेको बताए। ‘मैले धेरै हतियारहरू चलाउन जानेको छु, त्यो सीप र ज्ञानलाई म देशको रक्षाका लागि प्रयोग गर्न तयार छु’, उनले भने। अर्का पुराना खेलाडी ५० वर्षीय भलाडिमिरले पनि आफू स्वयंसेवी भएर देशका लागि लड्ने अठोट व्यक्त गरे।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0