हृदयघातको कारण महान अष्ट्रेलियन क्रिकेटर शेन वार्नको निधन

क्रिकेट

काठमाडौं । अस्ट्रेलियाका महान् लेग स्पिनर सेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण वार्नको निधन भएको बीबीसीले जनाएको हो । वार्नले आफ्नो १५ वर्षे करियरमा टेस्ट क्रिकेटका १४५ खेलमा सर्वाधिक दोस्रो ७०८ विकेट लिएका थिए । उनले सन् १९९९ को एकदिवसीय विश्वकपको उपाधि पनि जितेका थिए ।

एकदिवसीय क्रिकेटमा उनले १९४ खेलमा २९३ विकेट लिन सफल भएका थिए । सन् २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका उनले सन् २०१३ सम्म फ्रेन्जाइजी टी २० क्रिकेट खेलेका थिए ।

इंग्ल्याण्डका ब्याट्सम्यान माइक ग्याटिङलाई आउट पार्ने क्रममा उनले गरेको बलिङलाई बल अफ द सेन्चुरी घोषणा गरिएको थियो । उनको व्यवस्थापनले एक विज्ञप्ति जारी गर्दै थाइलाइन्डमा शुक्रबार सम्भावित हृदयघातका कारण उनको निधन भएको जानकारी दिएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
1