नेपाल सुपर लिगको लागि खेलाडीको किनबेच सकियो , कुन टोलीमा कुन खेलाडी ?

नेपाल सुपर लिग समाचार

काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि १८ खेलाडी अधिकतम रकममा १० टीममा अनुबन्ध भएका छन् । शुक्रबार काठमाडैंको पाँचतार होटलमा भएको खेलाडी किनबेच (अक्सन)मा ‘ए’ श्रेणीका ४० मध्ये १८ खेलाडी ३ लाख ५० हजार रुपैयाँ रकममा अनुबन्ध भएका हुन् ।

अधिकतम मूल्यमा बिक्ने खेलाडीहरूमा आशिष गुरुङ, दीप कार्की, त्रिदेव गुरुङ, मानबहादुर तामाङ, सीमान्त थापा, सुनिल बल, दिनेश राजवंशी, ससेहाङ आङदाम्बे, छिरिङ गुरुङ, सनिस श्रेष्ठ, निशान्त खड्का, गौतम श्रेष्ठ, दर्शन गुरुङ, पुजन उपरकोटी, एरिक विष्ट, आकाश बुढामगर, सुमन अर्याल र विशाल सुनार रहेका छन् ।

केही चर्चित खेलाडी एनएसएलको अक्सनमा अनसोल्ड भएका छन् । ए श्रेणीमा रहेका भरत खवास, नवयुग श्रेष्ठ, विक्रम लामा, अभिषेक रिजाल अनसोल्ड भएका छन् । तर, नवयुगलाई भने धनगढी सिटी एफसीले १ लाख ५० हजार रुपैयाँमा विसलिस्टबाट अनुबन्ध गरेको छ ।

नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)को आयोजनामा चैत २६ गतेबाट हुने एनएसएलको दोस्रो संस्करणका खेलहरू पोखरा र काठमाडौंमा हुँदैछ । एनएसएलमा धनगढी सिटी एफसी, विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची रहेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
5
+1
2
+1
1
+1
1