अभ्यास खेल खेल्न श्रीलंका जाने नेपाली क्रिकेट टिमको बिदाई

क्रिकेट

काठमाडौं । श्रीलंकामा आयोजना हुने अभ्यास खेलका लागि शनिबार प्रस्थान गर्दै गरेको नेपाली क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (आइसिसी) ले शुक्रबार बिदाइ गरेको छ। टोलीले त्यहाँको फस्ट क्लास टिमसँग ४ वटा अभ्यास खेल खेल्ने छ। उनीहरुलाई राजधानीमा शुक्रबार आयोजित एक समारोहीबीच बिदाइ गरिएको हो।

आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, युएई र पपुवा न्यूगिनीबीच आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि सन्दीप लामिछानेको नेतृत्वमा बिहिबार १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टिम घोषणा भएको थियो।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार घोषणा गरेको १६ सदस्यीय टिममा सोमपाल कामी, करण केसी, विनोद भण्डारी, पवन सर्राफ, रोहित पौडेल, बिक्रम सोब र भीम सार्की पनि समेटिएका छन्। उनीहरुले ओमानमा आयोजित विश्वकप क्वालिफायर खेलेका थिएनन्। टिममा ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ सेख,आसिफ सेख, कमल सिंह ऐरी, विवेक यादव र सागर ढकाल पनि छन्। श्रीलंकामा अभ्यास खेल सकेपछि नेपाली टोली त्रिकोणात्मक सिरिजका लागि युएई प्रस्थान गर्नेछ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0