‘बी’ डिभिजन लिगमा भगवतीको दोस्रो जित

फुटबल

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा श्री भगवती क्लबले लगातार दोस्रो जित दर्ता गरेको छ । एन्फा कप्लेक्स सातदोबाटोमा आज ब्वाइज युनियनलाई २–१ गोल अन्तरले हराएर श्री भगवतीले दोस्रो जित निकालेको हो ।

खेलको छैटौं मिनेटमा विनोद राईले गोल गर्दै ब्वाइजलाई सुरुआती अग्रता दिलाएका थिए । तर, २७ औं मिनेटमा ब्वाइजका कप्तान बिष्णु बहादुर सुनारले आत्मघाती गोल गरेपछि खेल १–१ को बराबरीमा पुग्यो । त्यसपछि खेलको ८५ औं मिनेटमा अमित लामाले गोल गर्दै श्री भगवतीलाई २–१ को जित दिलाए ।

पहिलो खेलमा श्री भगवतीले झम्सिखेल युथ क्लबलाई ३–१ गोल अन्तरले हराएको थियो । जितसँगै श्री भगवतीले २ खेलमा ६ अंक जोडेको छ । ब्वाइजले २ खेलमा ३ अंक जोडेको छ। लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टोली ’ए’ लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1