बिरोधको कारण कोपा अमेरिका कोलम्बियामा नहुने

फुटबल

काठमाडौं । आगामी जुनमा सुरु हुने कोपा अमेरिका २०२१ को सहआयोजबाट कोलम्बियालाई हटाइएको छ। दक्षिण अमेरिकन फुटबल महासंघले कोलम्बियामा जारी राष्ट्रपति इभान डुकको बिरोधका कारण कोलम्बियामा कोपाका खेल हुन नसक्ने बताएको छ।

विश्वकै सबैभन्दा पूरानो फुटबल प्रतियोगिता पहिलो पटक दुई देश अर्जेन्टिना र कोलम्बियाले संयुक्त रुपमा आयोजना गर्न लागेका थिए । प्रतियोगिताको फाइनल खेल १० जुलाईमा कोलम्बियामै आयोजना हुने तय गरिएको थियो । अब अर्जेन्टिनालाई प्रतियोगिताका सबै खेल आयोजना गर्न प्रस्ताव गरिएको छ।

अर्जेन्टिना अध्यक्ष अल्बर्टो फर्नान्डेजले कोलम्बियाले सहआयोजना नगरे आफूहरु पूरै कोपा अमेरिका आयोजना गर्न तयार रहेको बताएका थिए। कोरोना महामारीकै कारण २०२० मा तय भएको प्रतियोगिता एक वर्षपछि सरेको थियो।

राष्ट्रपति इभाले महामारीका बेला गत अप्रिलदेखि ल्याएको नयाँ कर योजनाको विरोधमा प्रदर्शन भइरहेको छ। कोपा अमेरिका १० टिमबीच आगामी १३ जुन देखि १० जुलाईसम्म हुँदैछ।

यस पटक कोपा अमेरिका उत्तर दक्षिण क्षेत्रगरी दुई समूहमा विभाजन गरेर खेलाइनेछ । समूह ए मा अर्जेन्टिना, बोलिभिया, चिली, पाराग्वे र उरुग्वे छन् भने समूह बी मा ब्राजिल,कोलम्बिया, इक्वेडर, पेरु र भेनेजुएला छन् । दुवै समूहका शीर्ष चार टोली क्वाटरफाइनल प्रवेश गर्नेछन् ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *